बाइ देश हाइ देश !!!

अघिल्लो महिनाको अन्तिम साता काम बिशेषले छोटो समयको लागी मातृभुमी फर्किनु पर्ने भयो ,अस्तब्यस्त दैनिकी र कामको चटारो बाट उन्मुक्ती लिदै मनभरी उत्साह र उमंग बोकेर मातृभुमीको गन्तब्य तय गरियो ,त्रिभुवन बिमानस्थलमा ओर्लन साथ अध्यागमन कर्मचारीको रुखो बोलि ,झिटि गुन्टा लिनको लागी गरिएको पट्यार लाग्दो कुराइ ,भन्सार कर्मचारीको नचाहिदो खानतलासी ,आगमन कक्षको मुलढोकैमा अड्डा जमाएर बसेका ट्याक्सीवालाहरुको लुछाचुडि छिचोल्दै अन्तत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट बाहिरीदा लामो स्वास फेर्दै मन मनै आफुलाइ कुनै युद्धमा लडाइँ जितेर आएको बहादुर सिपाही झै भान भैरहेको थियो |

एअरपोर्ट बाट बाहिरदै गर्दा देखेको परदेशिन लागेका युबाहरुको लमतन्ने लाम,धुवा,धुलो,ट्राफिक जाम,रोप्न ठिक्क पारेर राखेको खेत झै हिलाम्मे सडक,फ़ोहोरको थुप्रो सबैकुराले गिज्याइरहको थियो लाजमान्डु (काठमाडौं)सहरलाई ,मैले नि मनमनै सोचे I Dont have future in this country जसरी म जस्ता लाखौं तन्नेरी युबाले देख्दैनन ,सायद त्यहि भएर होला बिदेसिएका नेपाली कति नेपाल फिर्न चहादैनन र फिर्न चहानेहरु पनि उचित समयको पर्खाइमा बसिरहेका छ्न ।अस्त्ब्यस्त राजनिति,भ्रष्टाचार र नाफामुखी कर्मचारीतन्त्र , लथालिङ्ग न्याय,फितलो सुरक्षा सम्यन्त्त्र ,रुग्ण उधोग कल कारखाना बढदो बेरोजगारी,भत्कदो समाजिक संरचना लगाएतका समस्याका उपज आज यो देशमा भबिस्य नदेखेर यूरोप ,अमेरिका,अस्ट्रेलिया, देखी खाडी र मलेसिया सम्म आफ्नो सिप,दक्षता,पाखुरी खियाउन सिरानीमा पासपोर्ट राखेर एउटा खुट्टा उचालेर परदेसिन खोज्नेको जमात दिन प्रती दिन बढदो छ हाम्रोमा l

फर्किने दिन जब बिमानले काठमाडौंको जमिन छोडदै थियो त्यो दिन बिलकुलै फरक दृश्य नियालीरहेका थिए मेरा आखाहरुले ,सदैब बेहुली अन्माएपछि को घर झै निस्पट देखिने काठमाडौं सहर झिलिमिली देखिरहेको थिय साच्चै सपना जस्तो भान भै रहेको थियो मलाई ,हो त्यो कुनै जादु थिएन दुइ जना नेपालि उर्जा मन्त्री र बिधुत प्राधिकरणका हाकिम को सपना को प्रतिबिम्ब थियो त्यो।कुलमान घिसिङ र जनार्दन शर्माहरुले रातारात बिजुली निकालेर कायापलट गरेका होइनन मौजुदा चुहावट र चोरी भइरहेको बिजुलीको सहि सदुपयोग गरेका हुन,जस्को फलस्वरुप महानगर लगाएत देशका विभिन्न सहरमा अक्सर बत्ती जादैन ,

अङ्ग्रेजीमा एउटा महान भनाइ छ “Rome WAS NOT BUILT ON A DAY” – हो बिकास भनेको सकरात्मक र क्रमिक प्रकृया हो त्यस्को लागी सिप,दक्षता र इच्छा शक्तिको खाचो छ ,असंभबाना र अभावका बिच पनि गृह युद्ध ,आन्तरिक कलह,रोग,भोक लगाएतका कहाली लाग्दो घटनाक्रम बाट गुज्रिरहेका बिश्वका कतिपय मुलुकले मारेको बिकासको अग्रगामी छ्लाङ आफैमा नेपाल र नेपालीको लागी एउटा गतिलो पाठ र प्रेरणाको बन्न सक्छ ।तसर्थ देश बनेन र कहिले बन्दैन भन्ने कमजोर मानसिकता बोकेर नेता र आफ्नो भाग्यलाई सतो सराप गर्ने कित्तामा उभिनु भन्दा ,हो परिवर्तन हाम्रै पालामा सम्भब छ ,देश बिकासको श्री गणेश हामिहरुले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने जब सम्म देश समृद्ध हुदैन तब सम्म नेपाली र नेपालको पनि उन्नति ,प्रगती हुदैन भन्ने कित्तामा आफ्नो बिचार अभिब्यक्त गर्दै मातृभुमी फिर्ने प्रण गरियो र ढिलो चाडो परदेसिएका लाई नि मातृभुमी फर्किन विनम्र अनुरोध सहित बिदाबारी….

Leave a Reply

Your email address will not be published.