जनकपुरमा तनाव : एमाले नेता वामदेव घेराउ

संविधान संशोधन नगरीकन स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको विरोधमा आन्दोलनमा उत्रेको मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दको क्रममा जनकपुरमा तनाव उत्पन्न भएको छ ।

नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियानअन्तर्गत मंगलबार जनकपुर पुगेका एमालेका उपाध्यक्ष वामदेव गौतमको विरोधमा मंगलबार पनि नाराबाजी भएको थियो । यसैगरी, बुधबार पनि मोर्चाका नेता कार्यकर्ताहरुले वामदेवलाई एमाले नेता रघुवीर महासेठको घरमा घेराउ गरेका छन् ।

सोही क्रममा झडप पनि भएको छ । झडपमा दुई जना घाइते भएको समाचार प्राप्त भएको छ । परिस्थिति नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको छ ।

सदभावना पार्टी रघुनाथपुर ग्राम ईकाइ कमिटीका अध्यक्ष राजकुमार साह र धनुषा विद्यार्थी मंचका सचिव कुलदीप साह घाईते भएका छन् । उनीहरुलाई जनकपुर अंचल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.