अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू

अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरेको हो ।
यस अतिरिक्त ट्राफिक नियम पालना नगर्ने, चोरीको घटनामा संलग्न जो कोही पनि यसको निशानामा पर्ने छन् । यसले एक करोड १० लाख विदेशीलाई असर पर्ने बिश्लेषण गरिएको छ ।
यद्यपि, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ । यो नियम लागू गर्न अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुृक्त गर्ने छ ।
कार्वाहीमा पर्ने ब्यक्ति लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.