बुढासुब्बा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुने

धरानमा जारी १९ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल हुने भएका छन । पहिलो सेमिफाइनल खेलमा उदयपुर गोल्डकप विजेता रुपन्देही–११ र सिमरा गोल्डकप विजेता संकटाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै हिजो भएको खेलमा नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली कञ्जनजंघालाई ३–२ गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो । यो जित संगै पुलिसले सेमिफाइलनमा आयोजक धरान निलो संग प्रतिस्पर्दा गर्ने छ ।
प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ । फागुन १४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

समाचार श्रोत :

नेपालवाणी

Leave a Reply

Your email address will not be published.