मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्ने

प्रचण्ड सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्ने भएको छ । प्रचण्ड सरकारले गरेको सहमति पूरा नगरेको भन्दै समर्थन फिर्ता लिने चेतावनी मोर्चाले दिएको छ ।

मोर्चाका एक नेताले भने ‘मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका हुन् । उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो । उनले भने, ‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं ।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे । उनले ९ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन् ।’

समाचार श्रोत :

मधेशवाणी

Leave a Reply

Your email address will not be published.