प्रियंका चोपडाले ८९औ ओस्कार चलाउने

: बलिउड अभिनेत्री प्रियंका चोपडा फेव्रुअरी २६ मा हुने ८९ औं ओस्कर अवार्ड समारोह सञ्‍चालन गर्ने भएकी छिन्।

प्रियंकाले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत दोस्रो पटक पनि ओस्कर समारोह चलाउने जानकारी दिएकी हुन्। उनले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै भनेकी छिन् ‘योजनामा परिवर्तन, हामी आइपुग्‍यौ ओस्कार, मिक ज्याकर..ला‍‍..ला.. ल्याण्ड।’

यसअघि पनि प्रिंयकाले सन् २०१६ फेव्रुअरी २८ मा भएको ८८ औं अस्कर अवार्ड समारोह कार्यक्रम सञ्चालिकाको रूपमा भूमिका निभाइसकेकी छिन्।

अमेरिकी टीभी रियालिटी शोबाट संसारभर चर्चा कमाएकी छिन्। त्यतिमात्र नभइ उनले विभिन्‍न फिल्‍म फेस्टिबलमा रेड कार्पेटमा आफ्नो आकर्षक पहिरनले सबैको ध्यान तान्‍दै आएकी छिन्। यस्तै हार्पर बजारले उनलाई १५०औ बेस्ट फेशनेबल महिलाको सूचीमा राखिसकेको छ।

प्रियंकाले ८८ औ अवार्डमा लेबनानका डिजाइनर जुहैर मुरादले डिजाइन गरकेो ड्रेस लगाएर लीव श्रीबरसँग सर्वश्रेष्ठ फिल्‍म सम्पादनको पुरस्कार प्रदान गरेकी थिइन्। ओस्कार अवार्ड समारोह अमेरिकी सहर लस एन्जल्समा आइतबार हुदैछ।

Leave a Reply

Your email address will not be published.