कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए ।

मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् । यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । रकम ठगी गर्ने महिला पक्राउ प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ । सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो । सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच लाख दिएको थियो र पछि दीपेन्द्रका घरपरिवारले दीपेन्द्रलाई अन्त विवाह गरी दिएपछि रकम फिर्ताको माग गर्दै रञ्जिताले राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएकी थिइन् । सोही पैसाको विषयमा मुद्दा मिलाइदिन्छ् भनी पटकपटक झुटा आश्वासन देखाई रञ्जिताकुमारी मण्डलसँग रु ३४ हजार पाँच सय ठगी गर्ने ललितालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published.