राष्ट्रिय ध्वजा सहित नेपालीहरुको विशाल र्‍याली दुबईमा

विशाल बस्नेत /युएइ विश्वका सयौँ मुलुकहरुको उपस्थितीमा यश बर्ष पनि दुबई केयर्सले युएईको मुख्य सहर दुबईको क्रीक पार्कमा “ शिक्षाका लागि हिडाई “ र्‍याली भव्यताका साथ सम्पन्न गरेको छ । १७ फेब्रुअरीमा भएको उक्त विशाल र्‍यालीमा उल्लेख्य सङ्ख्यामा नेपालका तर्फबाट नेपालीहरुले समेत राष्ट्रिय झण्डा सहित सहभागी जनाएका छन ।

नेपाली समुदाय युएइद्वारा नेर्तुत्व गरेको उक्त कार्यक्रममा नेपालीहरुले राष्ट्रिय पहिचान झल्कने खाल्को सास्कृतिक कार्यक्रम समेत पर्दशन गरेको थिए । दुबइ केयेर्सले नेपाल लगायत बिश्वका बिकासन्मोख देशहरुमा प्राथमिक शिक्षामा गरिब र बिपन्न बालबालिकाहरुको लागि टेवा पुर्याउने उदेश्य अनुरुप “शिक्षाका लागि पैदल हिडाई” नामक यात्रा हरेक बर्ष आयोजना गर्दै आएको छ । उक्त कार्यक्रमा सहभागी तथा नेपाली समुदाय युएइका प्रतिनिधि रघुनाथ ढुङ्गेल भन्छन : “त्यो ठुलो जमातको आकासमा नेपाली चन्द्र सुर्य अङ्कित ध्वाजा एक मात्र फहराई रहेको थियो । जस्ले सिंगो ३ करोड नेपाली जनताको राष्ट्रिय परिचायात्मक प्रस्तुती दिनुका साथै नेपाली राष्ट्रिय गानको साङ्गीतिक धुनले छुट्टै वातावरण सिर्जना गर्‍यो ।

“ झन्डै बिसौ हजार सहभागी सबैले आ-आफ्नो ब्यापारिक प्रतिष्ठान र संस्थाको ब्यानर बोकेर र्‍यालीमा सहभागी जनाएका छन । त्यसमध्य पनि नेपालका तर्फबाट नेपाली समुदाय युएइले नेर्तुत्व गरेको र्‍याली विशेष खाल्को देखिएको र्‍यालीमा सहभागी जनाएका केही बिदेशीहरुले समेत प्रशंसा गरेका छन । नेपालको तर्फबाट उक्त र्‍यालीको नेर्तुत्व गरेको नेपाली समुदाय युएइका निबर्तमान अध्यक्ष मुन प्रसाद गुरुङ्ग भन्छन :” नेपाली राष्ट्रिय झण्डा उठाएर हिड्दै गरेको दृश्यले लाग्दथ्यो कि यो ठूलो भिडमा पृथक संदेश विश्व समुदायमा नेपाली समुदाय युएइले पेश गरिरहेको छ ।”

Leave a Reply

Your email address will not be published.