टिभीको रिमोट चोर्नेलाई २२ वर्षको जेल सजायँ

एउटा टेलिभिजनको रिमोट चोर्नेलाई कति सजायँ होला ? अमेरिकाको इलिनोइसस्थित हि्वटन सहरका एक व्यक्तिलाई टिभीको रिमोट चोरेको आरोपमा २२ वर्षको जेल सजाय तोकिएको छ । एक अपार्टमेन्टबाट युनिभर्सल टिभी रिमोट चोरीको अभियोगमा एरिक ब्रेमवेल नामका पुरुषले २२ वर्ष जेलको हावा खाने भएका हुन् । ३५ वर्षका इरिकले सन् २०१५ को अगष्टमा अपार्टमेन्टबाट टेलिभिजनको रिमोट चोरेका थिए । सोही अभियोगमा उनलाई हालै अदालतले २२ वर्षको जेल सजाया सुनाएको हो । यसअघि पनि चोरीका विभिन्न काण्डमा मुछिँदै आएका उनलाई अभियोजकले ३० वर्षको जेल सजायँको मागदावी गरेका थिए ।

अन्ततः चोरी अभियोगमा पटकेमा सजाय तोक्दै अदालतले उनलाई २२ वर्षको जेल सजायको फैसला गरेको हो । यसअघिका चोरी काण्डमा बँच्दै आएका उनले पछिल्लो रिमोट चोरेर भाग्ने क्रममा आफ्नो हातको पन्जा खसालेका रहेछन् । सोही पन्जामा रहेको चोरको डिएनए र उनको डिएनए तुलना गर्दा मेल खाएपछि उनले नै चोरी गरेको खुलासा भएको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published.