सुदूरपश्चिममा अभाव भइरहेको पेट्रोलियम पदार्थमा आजदेखि सहजता आउने

सुदूरपश्चिममा केहीदिन देखि देखिएको पेट्रोलियम पदार्थको अभाव आजदेखि पूर्ण रुपमा अन्त्य हुने आयल निगमले जनाएको छ । भारतमा बिधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतल ४८ घण्टाको सीमा बन्द गरेपछि  सुदूरपश्चिमभर पेट्रोलीयम पदार्थको हाहाकार भएको छ । फागुन २ गतेदेखी भारतबाट पेट्रोलियम पदार्थ लोड हुन नसक्दा यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको निगमका क्षेत्रिय प्रमुख नरेशमान डंगोलले बताउनुभयो । आईतवार पेट्रोलका लागि ८ ओटा ट्याङकर र डिजेलका लागि ३२ वटा टङकर  भारतको बन्थरा डिपो गएको र आज दिउसोदेखि वितरण गरिने उहाँले बताउनुभयो । कैलाली, कञ्चनपुर सहित सुदुरपश्चिमभर पेट्रोलियम पदार्थको अभाव भएपछि निगममा केहि मात्रामा मौज्दात रहेका पेट्रोल  सोमवार धनगढी र अत्तरिया क्षेत्रका पेट्रोल पम्पमा केहि मात्रामा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.