मधेशी एसोसियन इन अमेरिका (MAA) द्धारा होलीमा न्यूयोर्कलाई रंगमय बनाउने

मधेशी समुदायको हितका लागि स्थापित मधेशी एसोसियन इन अमेरिका (मा) ले अमेरिकाको विभिन्न राज्यमा भव्य होली कार्यक्रमको आयोजना गर्ने जानकारी दिएका छन् । मधेशी समुदायको महान पर्व होलिको अवसर पारेर माले मार्चको ११ तारिख पिचबर्ग र ओहायोमा र १२ तारिख न्युयोर्कमा र अष्टिनमा भव्य होली कार्यक्रम हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन ।

मधेशी एसोसियन इन अमेरिका (मा) का अध्यक्ष सुनिल साहले ‘मधेशी समुदायको मौलिक सस्कृति संरक्षणका लागी यस पटकदेखि विभिन्न राज्यमा होलि कार्यक्रम आयोजना गर्न लागेको हो ’ बताउनु भएको हो ।
प्रवासमा रहेको मधेसीहरुलाई एकत्रित गरि परेको वेला आपसमा सहयोगी भुमिका खेल्नुको साथै नेपालको लागी सहयोग गर्नका लागी सस्था स्थापना गरेको हो ’ सो अवसरमा अध्यक्ष साहले संस्था खोल्नुको उदेश्य प्रष्ट पार्नुभयो ।

गत जनवरीमा दर्ता भएको यो एसोसियसनले अब मधेसीहरु बसोबास गरिरहेको सवै राज्यमा सक्रियताका साथ च्याप्टर गठन हुने जानकारी दिनुभयो ।

एसोसियसनको न्युयोर्क च्याप्टरको अध्यक्ष मनोज सिंहले ‘मधेशी समुदायको मात्र नभई नेपालीको महान पर्व भएकोले आपसमा सदभाव बडाउनका लागी न्युयोर्कमा होलि कार्यक्रमको आयोजना गर्न लागेको हो’बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘ विभिन्न रंगको पर्वको रुपमा चिनिने यो कार्यक्रममा सबै समुदायहरु वीच आपसमा शुभकामना आदनप्रदान गदै रमाइलोको लागी कार्यक्रम गर्ने सोच बनाएको हो’ ।

सनीसाइडस्थित कम्युनिटि हलमा मार्च १२ तरिखको दिन हुन लागेको होलि कार्यक्रममा संकलन हुने रकमले नेपालीको लागी आपतकालिन कोष समेत स्थापना गर्न लागेको च्याप्टरको अध्यक्ष शाहले बताए । ‘ हामी जहा भएपनि एक आपसमा अपासी सदभावपुर्ण भावनाले नेपाली वीच रमाइलो गर्ने कार्यक्रमनै होलि हो ’ एसोसियसनका सस्थापक सदस्य डा विनोद शाहले भने—‘ प्रवासमा हामीले अबको भावी पुस्तालाई मौलिक सस्कृतिको बारेमा जानकारी दिनका लागी भएपनि होलि मनाउनु पर्छ ’ एसोसियसनद्धारा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published.