मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्ने

मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्ने

प्रचण्ड सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्ने भएको छ । प्रचण्ड सरकारले गरेको सहमति पूरा नगरेको भन्दै समर्थन फिर्ता लिने चेतावनी मोर्चाले दिएको छ । मोर्चाका एक नेताले भने ‘मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका हुन् । उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न […]

आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक: मनोनयन वैशाख १६ गते

आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक: मनोनयन वैशाख १६ गते

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ […]

तीन दलका शीर्ष नेताहरुको पुतला दहन

तीन दलका शीर्ष नेताहरुको पुतला दहन

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । बैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गराउने सरकारको घोषणा विरुद्ध आन्दोलनको घोषणा गरेको मोर्चाका कार्यकर्ताहरुले बुधबार बेलुकी जिल्ला प्रशासन कार्यालय अगाडी पुतला जलाएका हुन् । […]

जनकपुरमा तनाव : एमाले नेता वामदेव घेराउ

जनकपुरमा तनाव : एमाले नेता वामदेव घेराउ

संविधान संशोधन नगरीकन स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको विरोधमा आन्दोलनमा उत्रेको मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दको क्रममा जनकपुरमा तनाव उत्पन्न भएको छ । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियानअन्तर्गत मंगलबार जनकपुर पुगेका एमालेका उपाध्यक्ष वामदेव गौतमको विरोधमा मंगलबार पनि नाराबाजी भएको थियो । यसैगरी, बुधबार पनि मोर्चाका नेता कार्यकर्ताहरुले वामदेवलाई एमाले नेता रघुवीर […]

संविधान संशोधनबारे एमालेको निर्णय आज

संविधान संशोधनबारे एमालेको निर्णय आज

सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अगाडि बढाउन दिने–नदिनेबारे प्रमुख प्रतिपक्षी एमालेले बुधबार निर्णय गर्दै छ । त्यसबारे छलफल गर्न उसले बिहान ११ बजे संसदीय दलको बैठक र दिउँसो विपक्षी नौ दलको बैठक बोलाएको छ । संशोधनप्रति असहमति जनाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । तर, स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि एमाले […]

लालपुर्जा, पासपोर्ट, नागरिकता आँगनमा पाउँदा जनताले संघीयता बुझ्छन्ः प्रधानमन्त्री

लालपुर्जा, पासपोर्ट, नागरिकता आँगनमा पाउँदा जनताले संघीयता बुझ्छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताउनु भएको छ । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्छ । तर, जनतालाई […]

चुनावको मिति घोषणासँगै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत

चुनावको मिति घोषणासँगै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै प्रमुख तीन दल, मधेसी मोर्चा लगायतका दलहरुबीच नयाँ धु्रवीकरण हुने विश्लेषण गर्न थालिएको छ । राजनीतिक विश्लेषक विष्णु सापकोटाले मिति घोषणासँगै माओवादी केन्द्र, काँग्रेस र मोर्चाबीचको राजनीतिक सहयात्रामा समस्या देखिन सक्ने टिप्पणी गर्नुभयो । संविधान संशोधनका बारेमा काँग्रेस र माओवादीले मोर्चाका कारण यसअघि लिदै आएको अडानमा प्रमुख विपक्षी […]

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका […]